सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

काठमाडाैं | माघ १३, २०८१

सन्तोष पाण्डेको  अध्यक्षतामा कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

पोखरा:    नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र  वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने  कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् ।


यसैगरी  सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका  संयोजक रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।  


कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए । 


अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।


आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए।


राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्